विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार गठन हुने बताएका छ्न् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग उनले संख्याको आधारमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय पाउने सहमति भएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले अहिलेको परिस्थितिमा मन्त्रालयको संख्या नबढाउनेसमेत प्रष्ट पारे। उनले कांग्रेसले नाम दिएको आधारमा २÷४ दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पारित भएर कार्यान्वयनमा गइसकेकाले बजेटको पुनरवलोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा नमिलेको बजेटलाई कानुनबमोजिम सच्याउन सकिने बताए ।














