Logo
Logo

न्याय परिषद्‍को बैठक बस्दै


1.5k
Shares

काठमाडौं । न्याय परिषद्‍को बैठक आज (मंगलबार) बस्दै छ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्‍सहित न्याय सेवा आयोगको बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त छ । त्यस्तै उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्