काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चरक मेमोरियल हस्पिटलबीच सम्झौंता भएको छ ।
बैंक र पोखरा, कास्कीस्थित हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौंता भएको हो । सम्झौंता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २०प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।