काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । काठमाडौंस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

आज बिहान ११ बजेबाट केन्द्रीय कमिटीको बैठक बस्ने भनिए पनि केही ढिलो गरी बैठक सुरु भएको हो । बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ ।
नेकपा एकीकृत समाजवादीका नेताहरूका अनुसार आकाङ्क्षी धेरै भएपछि २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन नेताहरूलाई सकस भएको छ । विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत छलफल हुनेछ ।
असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले अहिलेसम्म पूर्णता दिन सकेको छैन














