Logo
Logo

बाढीले बगाएका एक मजदुरको शव फेला


252
Shares

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकामा बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ।

साल्पासिलिछो– ४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका– ३ का ३० वर्षीय रमेश थारूको शव बुधबार अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए ।

इखुवा खोलाको बाढीले मंगलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो। थारूसँगै बगेका २६ वर्षीय श्यामकुमार थारू हालसम्म बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।

यस्तै, बाढीमा परेका २६ वर्षीय रामकिसन थारूको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्