Logo
Logo

राजदूत नियुक्ती नेताको नाता र आसेपासेलाई भर्तीकेन्द्र भयोः आजपा 


567
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मन्त्रिपरिषद् बैठकबाट विभिन्न देशका लागि गरिएको राजदूत नियुक्तिको सिफारिस संविधानको मुलमर्म र भावना विपरीत असमावेशी भएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । 

आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले कूटनीतिक मर्यादाको धज्जी उडाउँदै संविधानको मुलमर्म र भावना विपरीत असमावेशी रुपमा मन्त्रिपरिषद्ले राजदूत सिफारिस गरेको आरोप लगाए ।

विषयगत विज्ञता र क्षमताभन्दा पनि नेताहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती केन्द्रको रुपमा गरिएको राजदूत सिफारिस प्रति असन्तुष्टि जनाउँदै आजपाले भर्त्सना एवं विरोध गरेको छ । 

‘साउन १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भारत सहित विभिन्न १९ देशका लागि गरिएको राजदूत सिफारिसमा कूटनीतिक मर्यादाको धज्जी उडाउँदै नेपालको संविधानको मुलमर्म र भावना विपरीत असमावेशी तथा कूटनीतिक क्षेत्रको अनुभव, विषयगत विज्ञता र क्षमताभन्दा पनि नेताहरुले आफ्नो नाता कुटुम्ब र आसेपासेलाई भर्ती गरेको निन्दनीय, दुःखद एवं आपत्तिजनक घटनाको घोर भर्त्सना एवं विरोध गर्दै यस निर्णयलाई यथाशीघ्र संविधानको सम्मान तथा देश र जनताको सर्वोपरि हित अनुकूल हुनेगरी सच्याउनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सरकारले राजदूत र प्रदेश प्रमुख नियुक्त गर्दा दलित, मधेसी, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको क्षेत्रबाट नगर्नु दुःखद तथा समावेशी सिद्धान्तलाई पालना नगरी संविधान मिच्ने काम भएको ठहर आजपाको छ । विभिन्न कारण पछाडि पारिएका समुदायलाई अझै पनि गणतन्त्रमा समेत कुनै अवसर नदिई संविधानको भावना विपरीत सरकारले काम गर्नु भनेको सरकारको नियत सही नभएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्