Logo
Logo

उपमहासचिव गजुरेलले पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव राखेपछि…


26.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव राखेका छन् ।

उपमहासचिव हरिबोल गजुरेल

पार्टीको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव राखेका हुन् । ‘अध्यक्षलाई हामी सबैले सामुहिक राजीनामा दिऔं । किनकि हाम्रो यो संख्याले विधानको उल्लङ्घन भएको छ । विधि र पद्धतिको पालना गर्ने कुरामा तपाईंहरु सामूहिक राजीनामाको प्रस्तावमा तयार हुनु हुन्न भने म चाहिँ राजीनामाका निम्ति अध्यक्षसँग अनुमति चाहन्छु’, गजुरेलले भने ।

उनले पार्टीको सुधारका लागि माथिल्लो कमिटीबाटै सुरु हुनुपर्ने प्रस्ताव गरेका हुन् । ‘विधान पालनाको कुरा हामी अरुका निम्ति मात्र गर्छौं । तर आफूले पद पाउँदा सबै कुरा बिर्सन्छौं’, गजुरेलले भने । विधान पालनाकै सन्दर्भमा उनले अहिलेकै पदाधिकारी संख्या पनि विधान बमोजिम नरहेको सम्झाएका थिए ।

‘हाम्रो पदाधिकारी १५ जना हुने भन्ने थियो । २१ जना भइयो । यो विधानको उल्लङ्घन हो, विधानमा एउटा कुरा भन्ने र अर्को निर्णय गर्नु हुन्न’, गजुरेलले भने ।

प्रतिक्रिया दिनुहोस्