Logo
Logo

लीलादेवीपछि मुख्यसचिव को ? चर्चामा यी अनुहार


6.9k
Shares

काठमाडौं । मुख्यसचिव लीलादेवी गड्तौला भदौं १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

छोटो समयका लागि मुख्यसचिव बने पनि महिलाबाट मुख्यसचिव हुने पहिलो व्यक्तिका रूपमा ‘रेकर्ड’ कायम गर्न सफल भएका उनी अबको एक महिनापछि मुख्यसचिवको भूमिकाबाट बिदाई हुनेछन् ।

त्यसैले उनको उत्तराधिकारीको अहिलेदखि नै खोजी सुरू भएको छ । यसका लागि एक वर्ष मुख्यसचिव हुनेदेखि ३ वर्ष पूरा कार्यकाल चलाउनेसम्मका सचिवहरू प्रतिस्पर्धामा देखिन्छन् ।

गड्तौलापछि मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालका सचिव दिनेश भट्टराई र गृह मन्त्रालयका सचिव एकनारायण अर्यालबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।

त्यस्तै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पनि मुखयसचिवकाृे लाइनमा छन् । तर, फागुन १६ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले उनको नाम मुख्यसचिवको प्रतिस्पर्धामा खासै चर्चामा छैन ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल पनि प्रतिस्पर्धामा पछाडि नै देखिन्छन् । गृह सचिव अर्याल मुख्यसचिव बने उनी एक वर्ष मात्र पदमा रहन पाउँछन् । सचिवको ५ वर्षे सेवा अवधिका कारण अर्याल फागुन १८ गतेसम्म सरकारी सेवामा रहन्छन् ।

यता महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले ३ वर्ष पूरा मुख्यसचिव चलाउने देखिन्छ । भट्टराई २०७६ माघ २० गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीपनि पूरा अवधि मुख्यसचिव चलाउन नपाउनेमा पर्छन् ।

ज्ञवालीले साढे दुई वर्ष जति मात्र मुख्यसचिव चलाउन पाउने देखिन्छ । सचिवको ५ वर्षे उमेर हदका कारण यही भदौं २२ गते ज्ञवाली घर जाँदैछन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव सुवेदीले पनि मुख्यसचिव पाए पूरा अवधि चलाउन नपाउने देखिन्छ । सचिवको ५ वर्षे उमेर हदका कारण सुवेदी यही कात्तिक ५ गते घर जाँदैछन् । जसकारण ज्ञवाली, सुवेदी, भट्टराई र अर्यालमध्येबाटै एक जना भावी मुख्यसचिव बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्