Logo
Logo

बलात्कार मुद्दाका कैदी कोशी अस्पतालबाट फरार


1.1k
Shares

काठमाडौं । जिल्ला कारागार मोरङबाट एक कैदी फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट भागेका हुन् ।

पेट देख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भनाई गरिएको थियो । तर, आज बिहान सवा ५ बजेतिर शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको जिल्ला कारागार मोर कारागारका निमित्त जेलर तुलसी पौडेल जानकारी दिए ।

विराटनगर महानगरपालिका–८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।

जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्