काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा पदमा गुरु बराललाई मनोनीत गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सुवासचन्द्र नेम्वाङको निधनपछि एमालेमा उपाध्यक्ष पद खाली थियो ।














