काठमाडौं । ‘सिधा कुरा’मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा फैसलाको मिति तोकिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्पूर्ण इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गर्दै भदौ ६ गतेलाई फैसलाको मिति तोकेको हो ।

सिधा कुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको सामग्रीमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो । तर, प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ ।
सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।
उता पत्रकार महासंघले भने ‘सिधा कुराले गरेको गल्तीमा आमसञ्चार क्षेत्रको स्वतन्त्रता खुम्चिने र संविधानको प्रस्तावनाको पूर्ण प्रेस स्वतन्त्रताको मर्म मर्ने गरी फैसला नगर्न ध्यानाकर्षण गराएको छ ।