Logo
Logo

कुपन्डोलस्थित बागमती किनारमा एक पुरुषको शव भेटियो


945
Shares

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।

शव घोप्टो परेको अवस्थामा भेटिएको र पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । शव पोस्टमार्टमका लागि अस्पताल लाने तयारी भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000