Logo
Logo

काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै छाड्छौँ: गगन थापा


441
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् ।

आइतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरी सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरूले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरूलाई शुद्ध र पवित्र राख्ने पनि बताए । उनले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको बताए ।

थापाले भने‚ ‘नेपाली काँग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीले गर्ने निर्णयहरूले गर्दा तपाईंहरू कसैको शिर ननिहुरियोस्। पार्टीलाई शुद्ध र पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ । पार्टीभित्रको शुद्धिकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ। गल्ती कमजोरी सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउँछौँ ।’

उनले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्ने अग्रजहरूलाई सम्मान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्