Logo
Logo

धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरो खस्याे


1.9k
Shares

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरो खसेको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्