Logo
Logo

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा


1.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने भएको हो ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने नेता पूर्ण बस्नेतले जानकारी दिए ।

यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ ।

गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्