Logo
Logo

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले २७ हजार ६ सय ६३ कित्ता सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको २१ दिनभित्र लक्ष्मी सन्राइज क्यापिटल, कमलपोखरीमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुकहरुले साउन २१ गतेदेखि भदौ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000