Logo
Logo

ग्लोबल आइएमई बैंकको नाफा १० प्रतिशतले घट्यो


189
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले वर्ष २०८०/८१ को असार मसान्तसम्ममा ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष ०७९/८० को असार मसान्त सम्ममा भने ६ अर्ब ६९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशतले घटेको हो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानीमा सामान्य गिरावट र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घटेको देखिन्छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी आम्दानी २.६ रुपैयाँले घटेर १६.६५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ ।

चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्