Logo
Logo

आफू मरेर बसका यात्रु बचाउने चालक मेघनाथलाई सरकारले सम्मान गर्ने


2.8k
Shares

काठमाडौं । सरकारले पहिरोमा आफु मरेर अरु यात्रुलाई बचाएका बसका चालक मेघनाथ विकलाई सम्मान गर्ने भएको छ ।

सोमबार बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सत्रकिलो भन्ने ठाउँमा माथिबाट पहिरोसँगै खसेको ढुंगा लागेर मृत्यु भएका बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय विकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय गरेको हो ।

आफू मरेर यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए । उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले चलाएको बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्