Logo
Logo

सरकारले बाढीपहिरो र आगलागी पीडितलाई अस्थायी आवास बनाउन ५० हजार दिने


504
Shares

काठमाडौं । सरकारले प्राकृतिक विपद (बाढीपहिरो तथा आगलागी) का पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार बससेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरुलाई पनि अस्थायी आवास बनाउन दुई किस्तामा ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको जानकारी दिए ।
सरकारले यसअघि भूकम्पबाट घर गुमाएकाहरुलाई मात्र अस्थायी आवासका लागि राहत रकम दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्