Logo
Logo

खाद्यको सीईओ बनाउन करोडाैंको डिल !


23.4k
Shares

काठमाडौ । धादिङका रमेश आचार्य खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ सीईओ बन्ने भएका छन् । आज दिउँसो बस्ने मन्त्रीपरिषदको बैठकबाट आचार्यलाई सीईओमा नियुक्त गर्ने सरकारले तयारी गरेको छ ।

खाद्यको सीईओका लागि १८ जना दावेदार थिए । यस अघि झापाका कविप्रसाद पाठकलाई सीईओ बनाउने तयारी थियो । तर पाठक राष्ट्रिय बीमा संस्थानमा प्रमुख प्रशासक छदा अनियमितता गरेको मुद्दामा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा खाद्यको सीईओ बन्ने रेसबाट पाठक बाहिरिएका हुन ।

पाठक प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लावासी हुन् । ओलीकै इच्छा बमोजिम पाठक सीईओ बन्न अघि सरेका थिए । २०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ छान्ने प्रक्रिया सुरुभएको थियो । तीन साताको अवधीमा व्यापक मोलमोलाई पछि रमेश आचार्यलाई सीईओ बनाउने तयारी सरकारले गरेको हो ।

आचार्य यसअघि नेपाल उद्योग बाणिज्य महासंघको जुनियर कर्मचारी थिए । त्यहाँ काम गर्दा ठुला उद्योगी ब्यापारीसंग राम्रो चिनापर्ची बनाएका उनलाई तीनै ठुला घरानाको करोडौं लगानीमा खाद्यको सीईओ बनाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी सहमत भएको मन्त्रालय श्रोतको भनाई छ ।

मन्त्री भण्डारीले ‘मान्छे जो सुकै भएपनि पाँच करोड रुपैयाँ जसले दिन सक्छ उही नै सीईओ बन्छ’ भनेपछि मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौलाले रमेश आचार्यलाई खोजेको श्रोतले बतायो ।

निरौलाले मन्त्री भण्डारीको दाहिने हातका रुपमा काम गरिरहेका छन । मन्त्रालयसंगका विभिन्न विजनेशबाट करोडौं रुपैयाँ उठाउन मन्त्रीले निरौलालाई जिम्मेवारी दिएको सिंहदरबार भित्र चर्चा पनि हुने गरेको छ ।

सरकारका झण्डै दुई दर्जन संस्थानहरु मध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी मालदार अड्डा हो । अर्बौको सम्पती रहेको यो संस्थानमा विगत देखि नेपालका ठुला व्यवसायीक घरानाहरुले आँखा लगाउदै आएका छन । यस संस्थाले बार्षिक लाखौं क्वीन्टल चिनी, चामल र खाद्य वस्तु खरिद गर्दै आएको छ ।

वैदेशिक आयातमा ठुला व्यवसायीक घरानाले करोडौं रुपैयाँ मुनाफा देखेर नै पाँच करोडको थैली मन्त्री भण्डारीलाई बुझाएर रमेश आचार्यलाई सीईओ बनाउन चलखेल गरेको समाचार सुत्रको दावी छ । आचार्यलाई सीईओ बनाउन कुन–कुन ब्यापारीले स्पोन्सर गरे भन्दै उद्योग मन्त्रालयमा चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्