Logo
Logo

बागलुङको दर्लिङमा पहिरो जाँदा चार घर पुरिए, एक जनाको मृत्यु


882
Shares

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले उद्धारका लागि त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्