Logo
Logo

एमाले प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा (अपानिसहित)


23.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेका छन् ।

ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका-१० (अपानि)मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा गर्दै पदेन केन्द्रीय सदस्यमा सीमित गरेका हुन् ।

यसअघि प्रदेश अध्यक्षको हैसियत पोलिटव्युरो सदस्य सरह थियो । साउन १७ गते बसेको सचिवालय बैठकले गरेको नेताहरूको नयाँ कार्यविभाजनमा प्रदेश अध्यक्षहरूको घटुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्