Logo
Logo

एसईईको मौका परीक्षा आजदेखि, दुई लाख १० हजार विद्यार्थी सहभागी हुँदै


1.4k
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आजबाट शुरु हुँदैछ । यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित एसइईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै पास भएका थिए ।

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ । यसका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ ।

यसअघि अधिकतम दुईविषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था भएकोमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको जोडबलमा अनुत्तीर्ण सबैका लागि मौका परीक्षाकोव्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्