
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यस वर्ष पुरस्कृत हुने पत्रकारको नामावली सार्वजानिक गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै फोनिजले स्थापना दिवसको अवसरमा प्रदान गरिने विभिन्न विधामा पुरस्कृत हुने ६ जनाको नाम सार्वजानिक गरेको हो ।
यसवर्ष ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८१’ विजयरत्न तुलाधार र पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिने भएको छ ।
फोनिज ‘मातृभाषा पत्रकारिता सम्मान’ थारु भाषाको पत्रिका लौव अग्रासनलाई दिइने भएको छ । फोनिज ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१’ पत्रकारहरु सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङलाई प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
फोनिजले स्थापना दिवसका अवसरमा यी पुरस्कारहरु प्रदान गर्दै आएको छ । यहि साउन २७ गते स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । फोनिजले यो स्थापनाको २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा रजत बर्ष पनि मनाउँदैछ ।














