Logo
Logo

बेँसीसहर-चामे सडक फेरि अवरुद्ध


252
Shares

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक फेरि अवरुद्ध भएको छ । वर्षा लागेसँगै पटक पटक अवरुद्ध हुँदै आएको यो सडक खण्ड गएरातिको अविरल वर्षाले बँेसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उहाँले बताउनुभयो । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्