Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरूले महासमिति बैठकमा उठेका महत्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए ।

बैठकमा बिभिन्न ११ वटा एजेण्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उक्त एजेण्डाहरूलाई छलफल गरि पारित गर्ने तयारी रहेको उनले बताए ।  

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था लगायतका एजेण्डामाथि छलफल भइरहेको छ । बैठक साउन २८ गते सम्पन्न गर्ने गरि छलफल भइरहेको प्रवक्ता महतले बताए । 

प्रतिक्रिया दिनुहोस्