
काठमाडौं । लमजुङमा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुख ढल्दा किचेर मृत्यु भएको हो ।
घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा एक्कासी रुख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए ।
लीलादेवीको शव परीक्षणका लागि बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














