
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ ।
गएराति विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा सडक भासिएपछि केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइएको थियो । मर्मतपछि आवतजावतका लागि सडक खुला गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
हाल आंशिक रूपमा सडक सञ्चालन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध भएको थियो ।














