Logo
Logo

लेखा समिति सभापतिको दाबी- प्रचण्ड सरकारले उद्योगीलाई १६ अर्ब विद्युत् महसुल छुट दियो


1.2k
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उद्योगीहरूलाई विद्युत् महसुलवापत अर्बौं रुपैयाँ छुट दिएको दावी गरेका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्ड सरकारले व्यवसायीरउद्योगीहरूलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको दावी गरेका हुन्।

सांसद पोखरेलले डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी बेरुजु बक्यौताको विषयमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोपसमेत लगाए। विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा १६ अर्ब रुपैयाँ महसुल छुट दिएको उनको आरोप छ।

पोखरेलले महालेखाको प्रतिवेदनले महसुलवापत २१ अर्ब रुपैयाँ उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोइ भन्दै प्रश्न गरे। उनले सार्वजनिक लेखा समितिमा छलफल नै नगरी सरकारले महसुल छुट दिएको भन्दै आपत्तिसमेत जनाए।

प्रतिक्रिया दिनुहोस्