काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म सञ्चालन भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बैठक बिहीबार सकिने प्रवक्ता सापकोटाले जानकारी दिए । बुधबार संसद्मा टीआरसीसम्बन्धी छलफलमा नेताहरू व्यस्त रहने भएकाले बैठक बिहीबार ११ बजे बोलाइएको उनले बताए ।














