Logo
Logo

टीआरसी विधेयक प्रतिनिधिसभामा पेस


1.7k
Shares

काठमाडौँ । प्रतिनिधिसभामा संक्रणकालिन न्याय (टीआरसी) सम्बन्धी कार्य पुरा गर्न भन्दै सरकारले ल्याएको ऐन संशोधन विधेयक पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन् ।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गरेका थिए । सभापति सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए ।

उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरुको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराए ।

आवको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन, २०८१ पेस गरे ।

बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३० गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्