Logo
Logo

संयुक्त समिति सभापतिमा एमालेका ठाकुर गैरे उम्मेदवार


10.3k
Shares

काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा उम्मेदवार बन्ने भएका छन् ।

सुरुमा राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल भए पनि प्रतिनिधि सभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको हो ।

यो संघीय संसदको दुवै सभा (राष्ट्रिय सभा र प्रतिनिधि सभा) संयुक्त समिति हो । सभापतिका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डले सूचना निकालेर बुधबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिएका छन् ।

उम्मेदवारहरुको नामावली बुधबार दिउँसो ४ बजे सार्वजनिक हुनेछ । बिहीबार दिउँसो ३ बजे सम्बन्धित समितिको सभाकक्षमै सभापतिको निर्वाचन हुने कार्यतालिका छ । बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिका लागि समेत निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्