Logo
Logo

नारायणगढ-बुटवल सडक पुनः अवरूद्ध


1.1k
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक पुनः अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गएरातिको वर्षापछि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । लेदो खसेपछि सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्