
काठमाडौं । वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक केहि बेरअघिबाट दुईतर्फी नै सञ्चालनमा आएको हो ।
पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो । सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।














