Logo
Logo

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आठ नेतालाई कारबाही गर्यो


3.7k
Shares

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आठ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

कृष्ण सेन इच्छुक प्रतिष्ठानमा हिजो मंगलबार सम्पन्न आयोजक समितिको आकस्मिक बैठकले संयोजक किरणको कार्यशैलीप्रति असहमति जनाउँदै विद्रोहमा उत्रिएका ८ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको हो ।

कारबाहीमा पर्नेमा भूपेन्द्र न्यौपाने (सङ्कुल), हरिकृष्ण गजुरेल (भास्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन), इन्दिरा अधिकारी (वर्षा), हरिब खाँ (विशाल), शिलु न्यौपाने (रोर्शी) र सुनिता बुढाथोकी रहेका छन् ।

उनीहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका थिए ।

पार्टीविरुद्ध विद्रोहमा उत्रिने चेतावनी दिएका उनीहरूलाई कारबाही गरिएको नेता हुकुमबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्