Logo
Logo

इमाडोलमा सडक भासियो


3.3k
Shares

काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले सडक करिब तीन मिटर भासिएको जानकारी दिए ।

सडक भासिएपछि सवारीसाधनलाई डाइभर्ट गरिएको छ । केही दिनअघि काठमाडौं महानगरपालिका अघिको सडक पनि भासिएको थियो । उक्त सडकमा अहिले सवारी आवतजावत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्