Logo
Logo

आज दुई संसदीय समितिले नेतृत्व पाउँदै


1k
Shares

काठमाडौं । आज संघीय संसदअन्तर्गतका दुई संसदीय समितिले नेतृत्व पाउँदैछ । दिउँसो ३ बजे हुने निर्वाचनबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र संसदीय सुनुवाइ समितिले सभापति पाउने भएको हो ।

प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती दुई समितिका सभापति चयन हुन लागेको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेको उमेदवारी परेको छ ।

संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्