Logo
Logo

सिन्धुलीमा बलेरो दुर्घटना, २ जनाको मृत्यु


378
Shares

सिन्धुली । सिन्धुलीमा बोलेर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । बिहीबार बिहान सिन्धुली तीनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो ।

बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरी घटनास्थल पुगिसकेको छैन । स्थानीयका अनुसार ७ जना घाइते भएका छन् । घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000