Logo
Logo

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते


378
Shares

काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो कमलामाई नगरपालिका–२ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार सिन्धुलीकै गोलन्जोर गाउँपालिका- ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरकाे मृत्यु भएकाे हाे । घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्