Logo
Logo

यातायातका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


1k
Shares

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २० हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।

एक सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा फेल भएपछि उक्त विवरण सच्चाउन कम्प्युटर अधिकृत रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्