Logo
Logo

परराष्ट्र सचिव लम्साल बेल्जियमकाे राजदूतमा सिफारिस


756
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो ।

यसअघि खाली रहेका अन्य देशमा राजदूत सिफारिस गरिएपनि बेल्जियमका लागि खाली राखिएको थियो । अब संसदीय सुनुवाइपछि लम्साल राजदूत नियुक्त हुनेछिन् । त्यसपछि परराष्ट्र सचिवको जिम्मेवारीमा अमृत राई बढुवा हुनेछन् । राई अहिले परराष्ट मन्त्रालयको प्रवक्ता छन् ।

२०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्