Logo
Logo

बालुवाटारमा लाइब्रेरी स्थापना गर्दै राधिका, ओलीले मागे सहयोग


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ स्थापना गर्ने भएकी छन् । बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई ‘पिपुल्स लाइब्रेरी’ बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले पुस्तक उपलब्ध गराउन सबैसँग आग्रह गरेका छन् ।

उक्त लाइब्रेरीमा लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक राख्ने व्यवस्था गरिएको राधिकाले जानकारी दिएकी छन् ।

‘त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ । लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘तपाईँहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ ।’

राधिकाले भदौ १५ गते लाइब्रेरी दिवशका दिन ‘पिपुल्स लाइब्रेरी’को औपचारिक सञ्चालनमा ल्याउने बताएकी छन् । उनले हप्तामा ६ दिन एक–एक घण्टाको लाइब्रेरीलाई समय छुट्टाउने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्