Logo
Logo

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ५२ कर्मचारी


441
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू सहायक निर्देशक, सहायक र सहायक सूचना प्रविधिका लागि आवेदन माग गरेको हो । सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना)मा मााग गरिएको छ ।

खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ । आवेदन भदौ २० सम्म दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्