Logo
Logo

अमेरिकी उपविदेशमन्त्री वर्मा काठमाडौंमा


441
Shares

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्मा नेपाल काठमाडौं आइपुगेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा एक दिने भ्रमणका लागि केहि बेरअघि काठमाडौं आइपुगेका हुन् । उनलाई काठमाडौंस्थित अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । उनी नेतृत्वको प्रतिनिधिमण्डल टोली भोलि भारत प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्