Logo
Logo

सर्वसम्मतिमा नै संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला


315
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

शुक्रबार मोरङको बुढीगङ्गा गाउँपालिका-७ मा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस-एमालेको करिव दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएको बताएका हुन् ।

संविधान संशोधनका लागि जनमत सङ्ग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे ।

उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे ।  
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगङ्गा गाउँपालिकाले मृगौला, मुटु तथा मधुमेह सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले बिरामी जाँच गर्दै निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरे ।

प्रतिक्रिया दिनुहोस्