Logo
Logo
थामे बाढी अपडेट

बाढीमा फसेका ७ जनाको उद्धार, एक बेपत्ता


2.3k
Shares

काठमाडौं । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा- ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाले बाढीमा फसेका ७ जनाको उद्धार गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । बाँकी मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेको उनले बताए ।

थामे गाउँमा पसेको थामेखोलाको बाढीले १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको घिमिरेले बताए । उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् ।

थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्