Logo
Logo

प्रधानमन्त्री र देउवाबीच भेटवार्ता


2k
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक विषयमा छलफल भएको हो ।

भेटमा सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि छलफल भएको छ । ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए ।’

प्रतिक्रिया दिनुहोस्