
काठमाडौं । बागमती नदीमा बेपत्ता भएका बंगलादेशी नागरिकको खोजी गर्न गोताखोर परिचालन गरिएको छ ।
शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशी नागरिक बेपत्ता भएका थिए ।
उनको खोजी गर्न सशस्त्र प्रहरीको नं.२० विपद् उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।














