
जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।
श्रीमतीसँगको घरायसी विवादमा झगडा हुँदा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














