काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चारदिने भ्रमणमा भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी त्यसतर्फ लागेकी हुन् ।

परराष्ट्रमन्त्री राणा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँदिल्ली प्रस्थान गरेकी हुन् । भारतको औपचारिक भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटवार्ता गर्ने तयारी छ । यद्यपि, भेट हुने नहुने भन्नेबारे यकिन भइसकेको छैन ।
मन्त्री राणाको भ्रमणको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ । नयाँदिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग राणाको भेटघाटको प्रबन्ध मिलाइने बचन समेत दिएका छन् । भारतीय विदेशमन्त्री डा. जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ ।














